Techie IT
आईतबार, वैशाख ७,२०८२

एक सातामा १ हजार १०८ जना सवारी चालकलाई कारबाही


काठमाडौँ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक सातामा मापसे गरी सवारी चलाउने १ हजार १०८ जना सवारी चालकलाई कारबाही गरेको छ ।
पछिल्ला दिन काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनको संख्या बढे संगै प्रत्येक दिन १५८ जनाभन्दा बढी सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

मापसे गरी सवारी चलाउनेमा नीति सवारी साधन चलाउने देखि स्कुलको बस चलाउने सवारी चालकसम्म रहेको कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक साताको अवधिमा ट्राफिक प्रहरीले जाँच गर्दा साउन १३ गते २३४, १४ गते १९८, १५ गते ११८, १६ गते ११५, १७ गते १४२, १८ गते १४७ र १९ गते १५४ जना सवारी चालक मापसे गरी सवारी साधन चलाएको अवस्थामा भेटिएका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #उपत्यका ट्राफिक प्रहरी, #एक सातामा १ हजार १०८ जना सवारी चालकलाई कारबाही, #काठमाडौँ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545