Techie IT
आईतबार, वैशाख ७,२०८२

सत्तारुढ गठबन्धनका दलहरुमा एक्लै निर्वाचन लड्ने शक्ति छैन्: बिष्णु पौडेल


ललितपुर । नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले सत्तारुढ गठबन्धनका दलहरुमा एक्लै निर्वाचन लड्ने शक्ति नभएको बताएका छन् ।

बिहीबार एमाले ललितपुरले आयोजना गरेको प्रशिक्षणमा सम्बोधन गर्दै पौडेलले यस्तो बताए ।

उनले गत स्थानीय निर्वाचनमा पनि कांग्रेसलगायतका दल एक्लै चुनाव लड्न नसकेको बताए । पौडेलले भने, “गत स्थानीय तहको चुनावमा कांग्रेसले चुनाव लड्न सकेन, माओवादीले चुनाव लड्न सकेन, माधव नेपालको झुण्डले चुनाव लड्न सकेन, जसपाले चुनाव लड्न सकेन, चुनाव लड्ने एकमात्र पार्टी भनेको एमाले हो । ”

एमाले आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणको संवाहक भएको भन्दै उनले उत्पादक शक्तिको हित गर्ने, मजदुर किसान, निम्न पूँजीपति वर्ग र राष्ट्रिय पूँजीपति वर्गको हित एमालेले मात्रै गर्ने बताए ।

त्यस्तै, पौडेले नेपालीहरु अल्पमतमा पर्ने वैवाहिक अंगीकृत नागरिकता विधेयक ल्याएर सरकारले आत्मसमर्पण गरेको बताए ।

“यो गठबन्धन सरकारले आज विवाह गर्ने, भोलि बिहे दर्ता गर्ने, पर्सि नागरिकता प्राप्त गर्ने, निकपर्सी चुनावमा उठ्ने र एक महिनाको चुनाव प्रचारपछि अर्को महिना मन्त्री हुने अर्थात विवाह गरेर आएको तीन महिनामा संघीय सरकारको मन्त्री समेत हुनेगरी ढोका खोलिदिएको छ”, पौडेलले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बिष्णु पौडेल, #सत्तारुढ गठबन्धनका दलहरुमा एक्लै निर्वाचन लड्ने शक्ति छैन्


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545