मङ्सिर ४ गते निर्वाचन गर्न आयोग तयार छ: प्रमुख आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तयार रहेको जनाएको छ ।
आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न आयोगले आन्तरिक तयारी गरिरहेको र थप काम तत्कालै सुरु गर्ने बताउनुभयो ।
आयोगलाई निर्वाचन गराउन सामान्यतः १२० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिले १०७ दिनको समयावधि आयोगलाई उपलब्ध र सय अवधिकै कारण आयोगलाई कुनै अप्ठेरो नरहेको बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरूको पदावधि आगामी मङ्सिर २१ गतेसम्म कायम रहने गरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभयो ।
निर्वाचनमा छुट्टाछुट्टै मतपत्र र छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावली सङ्कलन कार्य भोलिदेखि स्थगित हुने जानकारी दिनुभयो ।
निर्वाचनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थाका लागि आयोगले यथाशक्य सरकारलाई योजना पठाइने तयारी गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगले सबै पक्षबाट सहयोगका लागि आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दिनेशकुमार थपलिया, #निर्वाचन आयोग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्