Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपाल प्रहरीको एआइजी विश्वराज पोखरेल आजबाट सेवानिवृत्त


काठमाडौं । नेपाल प्रहरीको एआइजीबाट विश्वराज पोखरेल आजबाट सेवानिवृत्त भएका छन् । उनी उमेरहदले आजबाट सेवानिवृत्त हुने भएका हुन् ।

कुनैबेला भावी आइजीपीका रुपमा हेरिएका पोखरेल एआइजी हुँदा वरियतामा आफ्नो ब्याचीमध्ये पहिलो नम्बरमा रहेपनि सरकारले बढुवा गरेन । उनी धीरजप्रताप सिंहको आइजीपी नियुक्तिविरुद्ध अदालत गए । तर, अदालतले उनको विपक्षमा फैसला गर्यो ।

पोखरेलले सिंहको आइजीपी बढुवा भएपछि बिदा लिएका थिए । ३५ दिनको बिदापछि फेरि बिदा लिन खोज्दा अस्वीकृत भयो । उनी कार्यालय गएनन् । अदालतको फैसलापछि राजीनामा दिन गएपनि स्वीकृत भएन ।

एआइजीका रुपमा उनको उमेरहदले पदावधि सकिएको छ । प्रहरी मुख्यालयमा उनका लागि कुनै बिदाई कार्यक्रम समेत नराखिएको बुझिएको छ ।

प्रहरीबाट सेवानिवृत्त भएपछि उनी कुन क्षेत्रमा सक्रिय हुने हुन् चासो बनेको छ । उनी राजनीतिमा सक्रिय हुने हुन् या राजनीतिक नियुक्तिको प्रतिक्षामा रहने हुन् भन्ने स्पष्ट पारेका छैनन् । राजनीतिक रुपमा उनी एमालेनिकट रहने बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल प्रहरी, #विश्वराज पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545