Techie IT
शनिबार, वैशाख ६,२०८२

आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अधिकृत घुससहित पक्राउ


काठमाडौं । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससहित पक्राउ परेकी छिन् ।

प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको सुचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले उक्त घुस रकमसहित पक्राउ गरेको थियो ।

बुधबार आन्तरिक राजस्व कार्यालय महाराजगंजबाटै प्रधानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तिारका प्रवक्ता श्याम प्रसाद भट्टराईले जनाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #कम्प्युटर अधिकृत घुससहित पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545