क्यानाडामा ८९० जनामा मङ्कीपक्स सङ्क्रमण

ओटावा। क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ ।
यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मङ्कीपक्सको सङ्क्रमण बढेको पाइएको थियो ।
क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मङ्कीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुुसन्धान पनि गरिरहेको जनाएको छ ।
यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ ।
पछिल्ला केही महिनामा यो मङ्कीपक्सको सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ । यसका कारण विश्व स्वास्थ्य सङ्गठनले यसलाई स्वास्थ्य सङ्कटका रुपमा पनि घोषणा गरेको छ ।सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #मङ्कीपक्स
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्