गैँडाकोटबाट एसइई उत्तीर्ण विद्यार्थीहरुलाई नेबिसंघ र सुशील कोइराला सर्कलले सम्मान गर्ने

गैँडाकोट । गैँडाकोट नगर क्षेत्रबाट २०७८ सालको एसइई उत्तीर्ण विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति गैँडाकोट र सुशील कोइराला सोसलिष्ट युथ सर्कल नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले आगामी शनिबार गैँडाकोटमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने भएका छन् । आयोजक दुई संस्थाले बुधबार गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मान कार्यक्रमबारे जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थाहरुलाई धन्यवाद दिनुभयो ।
पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै सोसलिष्ट युथ सर्कलका जिल्ला अध्यक्ष पवन कार्कीले विद्यार्थीहरुलाई प्रेरणा पुगोस् भनेर विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नेविसंघ नगर संयोजक रमेश कोइरालाले साउन २१ गते आयोजना गर्न लागिएको कार्यक्रममा एक हजार तीन सय ५१ जना विद्यार्थीलाई मायाको चिनो र प्रमाणपत्रबाट सम्मान गरिने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस महासमिति सदस्य गोकुल सापकोटा, गैँडाकोट ९ का वडा सदस्य ज्ञानप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल विद्यार्थी संघ, #सुशील कोइराला सोसलिष्ट युथ सर्कल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्