Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनको भरतपुरबाट लागुऔषध सहित दुई जना पक्राउ


चितवन । प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

वर्डा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको गस्ती टोलीले आज (बुधबार) बिहान साँढे चार बजे निलो रङको फाईबरको झोलामा लुकाईछिपाई ल्याएको लागुऔषधसहित भरतपुर महानगरपालिका वडा नंम्बर ०१ बस्ने २५ बर्षीया बिष्णु के.सी र भरतपुर महनगरपालिका वडा नंम्बर ०२ बस्ने २७ बर्षीया आशिष चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेपाम ७१ एम्पुल, प्रोमोताईजेन ७५ एम्पुल र नफिम ७१ एम्पुल गरी २१७ एम्पुल फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545