Techie IT
आईतबार, वैशाख ७,२०८२

संस्कृति मन्त्रालयका उपसचिव नेपालको साथबाट साढे १६ लाख रुपैयाँ बरामद


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १६ लाख रुपैयाँ बरामद गरेको छ ।
नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको होे ।

उनलाई अख्तियारले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको थियो । गाडीमा भेटिएको रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो ।
अख्तियारको टोलीले अहिले रकमको मुचुल्का बनाउनेदेखि अरु कागजात र प्रमाण संकलन गरिरहेको छ ।

अख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खवर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।

तर गाडीमा रहेको साढे १६ लाख रुपैयाँ भने अलग रकम हो । उनको साथबाट त्यो रकम बरामद होला भन्ने अनुमान नभएको अख्तियारका एक अधिकृतले बताए । ‘कोही रंगेहात पक्राउ गरेपछि हामीले प्रक्रिया पु¥याउन नियमित खानतलासीका क्रममा थप रकम बरामद गरेका हौं’ ती अधिकृतले भने, ‘उहाँ रकमबाट केही बोल्नुभएको छैन ।’

अख्तियारले त्यो रकमलाई स्रोत नखुलेको रकमको रुपमा बरामद गरेको छ र त्यसलाई गैरकानूनी आर्जन मानेको छ । अख्तियारको टोलीले पर्यटनको अनुमतीको विषयमा घुस डिल गर्नुअघि उपसचिव नेपालले कुनै अर्को टोलीसँग घुस लिएर गाडीमा राखेको हुनसक्ने अनुमान गरेको छ ।

३८ वर्षिय उपसचिव नेपाल रुपन्देही शुद्धोदन गाउँपालिकाका हुन् । उनी हाल बूढानीलकण्ठमा बस्छन् । उनी २०६६ साल असार ३० गते निजामती सेवामा प्रवेश गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545