सामान्य अंक घटेर बन्द भयो नेप्से

आज (मंगलबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। गत मंगलबारपछि लगातार बढीरहेको बजारमा आज लगानीकर्ताहरूले प्रोफिट बुक गर्दा करेक्सन देखिएको हो। यो एक हप्तामा नेप्से १०५.२७ अंकले बढेको थियो । त्यसपछि आज २.८१ अंकले घट्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९मंगलबार० सेयर कारोबार मापक नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा झरेको छ।
नेप्से ०.१३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.०१ अंकले घटेर ४२१.१३ विन्दुमा झरेको छ । कूल २१७ वटा कम्पनीको ७८ लाख १३ हजार एक सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहबाहेक सेयर बढेको छ। बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ।आज पनि शिवम् सिमेन्टको नै सर्वाधिक कारोबार भएको छ। कम्पनीको २९ करोड ३२ लाख २७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
मंगलबार ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन्ध्याबासिनी हाइड्रोपावर, सामलिङ्ग पावर र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।यस दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। संस्थाको सेयरमूल्य ४.२४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय ८८ रूपैयाँमा झरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सामान्य अंक घटेर बन्द भयो नेप्से, #सेयर बजार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्