बैतडीमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् ।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । जिल्ला अस्पताल बैतडीमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।
जसमध्ये आधामा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ, लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो हुने गरेको छन् ।
कुनै कुनैमा कोरोना सङ्क्रमण पनि देखिन थालेको छ । उहाँले भन्नुभयो, “गएको सातादेखि अस्पतालमा बिरामीकोे चाप बढ्दै गएको हो, कुनै कुनै ज्वरोका बिरामीलाई भर्ना गरेर पनि उपचार गर्नु परेको छ ।”
निरन्तर वर्षा भइरहेको र दूषित पानीको प्रयोगले भाइरल ज्वरोका बिरामी बढेका हुन् । उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक हप्तायता स्वास्थ्य चौकीमा आउने बिरामीहरुमध्ये धेरै ज्वरो र रुघाखोकीका छन् । भाइरल ज्वरोबाट बालबालिका बढी प्रभावित भएका छन् ।”
सरकारीमा मात्रै नभएर निजी मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हलका सञ्चालक प्रकाशचन्द्र भट्टले बताउनुभयो । बालबालिकालाई समेत भाइरल ज्वरोले नछोडेको उहाँको भनाइ छ ।
मौसममा परिवर्तन र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो । वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक दीपेश श्रेष्ठको आग्रह रहेको छ । यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । –रासस
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #बैतडीमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे, #भाइरल ज्वरो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्