Techie IT
शनिबार, वैशाख ६,२०८२

शपथ सम्बन्धी विधेयक र स्टाण्डर्ड नापतौल सम्बन्धी विधेयकको प्रस्ताव सर्वसम्मतिले स्वीकृत


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा शपथ सम्बन्धी विधेयक २०७९ तथा स्टाण्डर्ड नाप र तौल पाँचौँ संशोधन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

यस्तै बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७७ टेबुल भएको छ ।

यस अघि बैठकको शून्य समय र विशेष समयमा बेल्दै सांसदहरुले बाढी पहिरो प्रभावितको उद्धार राहत र पुनः स्थापना तथा खोटाङ केन्द्र भई साउन १५ गते गएको भूकम्पबाट क्षति पुगेका भौतिक संरचनाको पुनः निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै बैठकमा सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकहरूको दरबन्दी थप गर्न तथा  नियमित अनुगमन गरि शिक्षा क्षेत्रका विकृतिको अन्त्य गर्न उपयुक्त कदम चाल्न पनि पनि सांसदहरूले माग गर्नुभयो ।

बैठकमा सांसद्हरुले भारतले मूल्य घटाएर पठाए अनुसार  नेपाल आयल निगमले तत्काल मूल्य समायोजन गर्नुपर्ने, पूर्व सहमति विपरीत विप्लव समूहलाई गरिएको पत्राचार फिर्ता लिनुपर्ने माग गर्नुभयो ।

यस्तै बैठकमा  निकुञ्ज आस पास र मध्यवर्ती क्षेत्रका बासिन्दाको जीउ धन रक्षाका लागि छेकबार लगाउन तथा मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि उपयुक्त कदम चाल्न ध्यानाकर्षण गराउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि सभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545