Techie IT
आईतबार, वैशाख ७,२०८२

वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–भैँसे सडकखण्ड अवरुद्ध


मकवानपुर। अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–भैँसे सडकखण्डमा पर्ने बागझोरामा आएको बाढीका कारण सडक यातायात सेवा अवरुद्ध बन्न पुगको छ ।

बिहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौँडादेखि सङ्घीय राजधानी काठमाडौँ आवातजावत गर्ने सवारीसाधन सडकमा लाम लागेर बसेका छन् ।

बागझोरासँगै भैँसेदेखि भीमफेदीसम्मको सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।

उहाँका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको र बाढी कम हुने वित्तिकै यातायात सेवा पुनः चालु गराइनेछ ।हाल यातायात सेवा अवरुद्ध हुँदा हेटौँडा काठमाडौँ मात्रै नभइ दामन,पालुङ, सिखरकोट र मार्खुसम्मका सवारी साधनलाई असर पुगेको छ । मकवानपुरमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ ।–रासस


क्याटेगोरी : समाचार
ट्याग : #अवरुद्ध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545