Techie IT
आईतबार, वैशाख ७,२०८२

काभ्रेस्थली घटना अपडेट: शव पोस्टमार्टमका लागि लगियो


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका ४ जनाको शव पोस्टमार्टमका लागि लगिएको छ ।

प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो । उनीहरुको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिका, #श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545