काभ्रेस्थली घटनाबारे गृहमन्त्रीको चासो, सत्य तथ्य पत्ता लगाउन निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कास्की, प्युठान र पाल्पामा निरन्तरको वर्षापछि गएको पहिरोले पुर्याएको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन भइरहेका पहलबारे जानकारी लिनुभएको छ ।
त्यस्तै काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत्यु भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिएर घटनाबारे अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाणले लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग पहिरोबाट गएको क्षति र तत्कालका लागि राहत तथा नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन गरिएको पहलबारे जानकारी लिनुभएको हो । उहाँले उद्धार र राहतमा थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि भन्नुभएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसँग काभ्रेस्थलीमा एकै परिवारमा चार जना मृत फेला परेको अवस्थाबारे जानकारी लिनुभएको हो ।
त्यसैगरी, प्युठानको जुम्रीमा तथा बुटवल–पाल्पा पर्ने सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाएर सडक सुचारु गर्ने विषयमा उहाँले नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डिआइजी उपाध्याय र सशस्त्रका लुम्बिनी प्रदेश प्रमुख नेम्वाङसँग जानकारी लिनुभएको हो ।
प्रहरी, सशस्त्र र स्थानीयको पहलमा अहिले पहिरो हटाएर सडक सुचारु गराउने काम भइरहेको डिआइजी उपाध्यायले बताउनुभयो ।
यता कास्कीको पोखरा महानगरापालिका–१६ डिहिगोपाटनमा अवस्थित लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको र घाइते भएकाहरूबारे प्रजिअ आचार्यसँग गृहमन्त्री खाणले जानकारी लिनुभयो ।
घर पुरिएका सन्तोषकी दिदी सुनिता सुनार घाइते हुनुभएको छ । घाइते सुनिताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको प्रजिअ आचार्यले बताउनुभयो ।
कास्कीमा परेको निरन्तरको वर्षाका कारणे पोखरा–१३ कमलपोखरीमा घरहरू डुबानमा परेका छन् । घरहरू डुबानमा परे पनि मानवीय क्षति भएको छैन । डुबानमा परेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको कास्की प्रशासनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #एकै परिवारका चार जनाको मृत्यु, #काभ्रेस्थली घटना, #गृहमन्त्री बालकृष्ण खाँण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्