छोराछोरीको र श्रीमती हत्यापछि दिनेश पाण्डेले आत्महत्या गरेको आशंका

काठमाडौं । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो ।
दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव एउटा कोठामा भेटिएको छ । दिनेशको शव भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ । र बाहिरबाट मानिस प्रवेश गरेको पनि देखिएको छैन ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए ।
उनले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए । उक्त पसल केही समयअघि बिक्री गरेका थिए । उनको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन ।
पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #एकै परिवारका चार जना मृत भेटिए, #चार जनाको शव विभत्स अवस्थामा भेटिए, #छोराछोरीको र श्रीमती हत्यापछि पाण्डेले आत्महत्या गरेको आशंका, #तारकेश्वर नगरपालिका, #हत्या
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्