Techie IT
आईतबार, वैशाख ७,२०८२

विकास-निर्माणमा जनसमुदाय महत्वपूर्ण हात रहन्छ : अध्यक्ष श्रेष्ठ


 ललितपुर महानगरपालिका ०५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले विकास-निर्माणमा जनसमुदायको महत्वपूर्ण हात रहने बताएका छन् । उनले शनिबार महालक्ष्मीस्थानमा सम्पन्न श्री महालक्ष्मी टोल बिकास संस्थाको साधारणसभा माझ बोल्दै उक्त धारणा राखेका हुन ।
कार्यक्रम माझ बोल्ने क्रममा उनले भने ‘जनप्रतिनिधी भनेका विकास-निर्माणका सारथी हुन, यस कामलाई योजनाबद्ध र सफलतापुर्बक सम्पन्न गर्न जनसमुदायको ठुलो हात रहन्छ ।
‘ बिकासमुलक काममा टोल बिकास संस्थाको भूमिका उत्तिकै महत्वपूर्ण रहने उनको जिकिर थियो । कार्यक्रममा श्री महालक्ष्मी टोल बिकास संस्थाका अध्यक्ष रमेश शाक्यले टोलबासी सबैको रचनात्मक सहयोगबाट नै टोलको बिकासले द्रुततर गति लिन सक्ने अौल्याएका थिए । उक्त साधारणसभामा वडा सदस्यद्वय पुनम निरौला, मैया रिजाल लगायतले बोलेका थिए । सोही अवसर माझ वडा अध्यक्ष श्रेष्ठले संस्थाका पदाधिकारी एबम सदस्यहरुलाई सम्मान गरेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #जनसमुदाय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545