Techie IT
आईतबार, वैशाख ७,२०८२

मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड


धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ। सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेका उनीहरुले आइतबार कार्यकक्षमा तोडफोड गरेका हुन्।

धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताको निशानामा साम्पाङ परेका हुन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन्।

म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ ! अब यसरी पिडितले न्याय पाउँलान् तरुु साम्पाङले लेखेका छन्।

उनले तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #धरान उपमहानगरपालिका, #हर्क साम्पाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545