पहिरोको कारण नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध
कावासोती । अविरल वर्षाका कारण झरेको पहिराका कारण नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध भएको छ ।
नवलपुरको दलदले–कुमसोत– पोखरी हुँदै पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार जाने बाटो पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।
कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पाङ्गे्रमा पहिरो खसेका कारण बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ, पानी परिरहेको र पहिरो झर्ने क्रमसमेत नरोकिएकाले तत्काल यो सडकखण्ड सञ्चालन हुने सम्भावना नरहेको उहाँको भनाइ थियोे ।
जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक पहिराले अवरुद्ध भएपछि दुई गाउँपालिकाको सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ । यो सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षाको समयमा पहाडी क्षेत्रको यातायात सम्पर्क सदरमुकामसँग टुटदै आएको छ ।
पाङ्गे्रसहित पोखरी–डेढगाउँ र पोखरी–बुलिङखण्डमा समेत यातायात सञ्चालन कठिन भएको छ । अन्य स्थानमा समेत ठाउँठाउँमा साना साना पहिरो झेरको छ ।
यसैगरी पहाडी क्षेत्रको वैकल्पिक मार्गका रुपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोटदेखि बुलिङटार हुँदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र यस खण्डमा पर्ने खोलाहरूमा आएको बाढीका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।
दुवै तर्फका सडक तत्काल पूर्णरुपमा सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान– खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएकोे छ ।
यता पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिराका कारण राजमार्ग अवरुद्ध हुँदा एकतर्फी यातायात सञ्चालन गरिएको छ । पहिरो पन्छाउने काम चलिरहेको र राजमार्ग पूर्णरुपमा सञ्चालन हुन समय लाग्ने प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।–रासस
क्याटेगोरी : समाचार
ट्याग : #पहिरो
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्