Techie IT
आईतबार, वैशाख ७,२०८२

मुगुमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु


काठमाडौँ । मुगुको छायाँनाथ रारा नगरपालिका–१३, रुघामा आज बिहान ट्रयाक्टर पल्टिँदा एकको ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु. ४ त ७७६२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षीय लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार घाइते छ जनालाई उपचारको निम्ति जिल्ला अस्पताल पठाइएको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनापछि फरार ट्रयाक्टर चालकको खोजी भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मुगुमा ट्रयाक्टर पल्टिँदा एकको मृत्यु, #मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545