पत्रकारको न्यूनतम पारिश्रमिक समयमा प्रदान गर्न युनियनको आग्रह

काठमाडौँ । नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकारको तोकिएको न्यूनतम पारिश्रमिक समयमा प्रदान गर्न सञ्चार प्रतिष्ठानलाई आग्रह गर्दै हालेको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
नवनिर्वाचित अध्यक्ष शिव लम्सालको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको केन्द्रीय समितिको पहिलो औपचारिक बैठकले पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुर्नवहाली गर्न सम्बन्धित सञ्चार गृहको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ ।
लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनको साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट लम्सालको अध्यक्षतामा १ सय १७ सदस्यीय नयाँ कार्य समिति चयन भएको थियो ।
युनियनका महासचिव दिलीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा युनियनले प्रेस तथा अभिव्यक्तिसहित सञ्चार स्वतन्त्रता सुनिश्चित गर्न, आम सञ्चार छाता ऐन निर्माण गर्न, संसद्मा पेश भएको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकार समक्ष आग्रह गर्ने पनि उल्लेख गरिएको छ ।
श्रमजीवी ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार र सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराइएको, नागरिक अधिकारको सुरक्षा, लोकतन्त्रलाई सबल, सुदृढ बनाउन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सञ्चार माध्यम र सञ्चारकर्मीलाई परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै संसारभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा भएका आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##नेपाल प्रेस युनियन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्