Techie IT
शनिबार, वैशाख ६,२०८२

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


जुम्ला । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको कनकासुन्दरी गाउँपालिका–१  बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनु भयो ।मृत्यु हुनेमा रारा छायाँनाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् ।

सुर्खेतबाट मुगुका लागि छुटेको  लु १ ज ३७३४ नम्बरको जीपको बेक्र फेल भएपछि दुर्घटना भएको डिएसपी चन्दको भनाई छ ।

दुर्घटनामा घाइते हुनुभएका गाडी चालक दल बहादुर बुढाको अवस्था पनि गम्भीर रहेको उहाँले जानकारी दिनुभयो  । बुढाको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको छ ।

गाडीमा चालक सहित ६ जना सवार थिए । अन्यको अवस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, #दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545