नेपाल राष्ट्रिय पर्यटन व्यवसासी संगठनकाे अध्यक्षमा कुँवर निर्वाचित

काठमाडौँ । नेकपा एमाले समर्थित पर्यटन व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसासी संगठनकाे अध्यक्षमा पूर्णबहादुर कुँवर निर्वाचित भएका छन् । उनकाे नेतृत्ववमा एक सय एक सदस्यीय कमिटी चयन भएकाे हाे ।
संगठनको तेस्रो अधिवेशनबाट अध्यक्षमा कुँवर, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा निर्वाचित भएका छन् । त्यसैगरी, महासचिवमा एमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा शेर्पा र श्रीकान्त आचार्य चयन भएका छन् ।
संगठनकाे पाँच जना सचिवहरूमा दीपक दाहाल, जीवनराज सापकोटा, प्रदीप आचार्य, जया बराल र प्रह्लाद लोहनी रहेका छन् । त्यसैगरी, कोषाध्यक्षमा लिला बहादुर लामा तामाङ निर्वाचित भएका छन् ।
उपाध्यक्षमा टीकाराम गुरुङ, सुधीर कुमार उपाध्याय, केदारनाथ शर्मा, महेश भट्टराई, लंकबहादुर शाही र सागर अधिकारी निर्वाचित भएका छन् ।
अधिवेशनले ३० साउनको टानको चुनावका लागि अध्यक्षमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र सापकोटालाई पठाउने निर्णय गरेको पनि बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #पूर्णबहादुर कुँवर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्