सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शुक्रवार बिहान करिब पौने ९ बजे सर्लाहीको बरहथवा नगरपालिका १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार रौतहटको ईशनाथ नगरपालिका ५ लक्ष्मिनीया टोलका २६ वर्षीय मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साहको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए।
टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानियहरुले विरोध गरेपछि तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु, #सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्