धारिलो हतियार प्रहार गरी सख्त घाईते बनाई फरार रहेका सोचेन्द्र राई पक्राउ

चितवन । चितवन प्रहरीले धारिलो हतियार प्रहार गरी सख्त घाईते बनाई फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बैशाख २४ गते स्थानीय तहको निर्वाचनको पुर्व सन्ध्यामा खैरहनी नगरपालिका वर्डा नम्बर ६ स्थित सुनगाभाटोल बस्ने ३५ बर्षीया कुमार थापा मगरलाई घारिलो हतियार प्रहार गरी सख्त घाइते बनाई फरार रहेका राप्ती नगरपालिका वर्डा नम्बर ४ खहरेपुल बस्ने ३० बर्षीया र्याबक्स भन्ने सोचेन्द्र राईलाई बुधबार पक्राउ गर्न सफल भएको हो ।
उनलाई प्रहरी बृत बालाजुको सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाण्डौं तारकेश्वर नगरपालिका वर्डा नम्बर १० मनमैंजुबाट पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका उनको साथबाट प्रहरीले एक थान खुकुरी, सात थान मोवाईल सेट थान, एनटिसी र ऐनसेलका नौ थान सिमकार्ड समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए । असार २७ गते पक्राउ पुर्जी र हाजिर हुन आउने म्याद जारी भएकोमा खोजतलाशमा जुटेको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १८३ को उपदफा २ बमोजिम हुने सजाँयमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को (क) बमोजिम थप सजाँय हुनु पर्ने मागदावी लिई आवश्यक कार्वाहीको लागी आज (बिहीबार) सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीको रेकर्ड हेर्ने हो भने उनको यसअघि समेत पृष्ठभूमि राम्रो थिएन । चितवनका (एसपी) अधिकारी भन्छन् : पक्राउ परेका राई पटकपटक पक्राउ पर्दै छुट्दै आएका ब्यक्ति हुन् भने केही मुद्दामा उनीमाथि अहिले पनि अनुसन्धान चलिरहेको छ ।
बिगतदेखी नै अपराधिक गतिविधिमा संलग्न रहदै आएका उनीमाथि यसअघि पनि कर्तव्य ज्यान सम्बन्धि मुद्दामा एकपटक, डाँका सम्बन्धि मुद्दामा एकपटक, चोरी सम्बन्धि कसुरमा ३ पटक गरी पाँच वटा शीर्षकमा मुद्दा दर्ता भई अदालतमा पेस गरिएको प्रहरीको रेकर्डमा उल्लेख छ ।
त्यस्तै, पटक पटक कारागारमा कैद बसेका उनी पछिल्लो पटक नेपाल तरुण दलका चितवन जिल्ला अध्यक्ष शिव प्रसाद पौडेलको हत्यामा संलग्न रहेको भन्दै ११ बर्ष कैद सजाय भुक्तान गरी २०७७ साल ज्येष्ठ १५ गते गणतन्त्र दिवसका दिन सम्मानिय राष्ट्रपति बिद्यादेवी भण्डारीले चालचलन राम्रो भएको भन्दै आममाफी दिएपछि उनी छुटेका थिए ।
त्यस्तै, उनी यहीँ बैशाख ११ गते काभ्रेपलान्चोक जिल्लामा लिला बहादुर तामाङलाई खुकुरी प्रहार गरेको घट्नामा समेत ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेको ब्यक्ति हुन् भने ईलाका प्रहरी कार्यालय गजुरी, धादिङमा मोटरसाईकल चोरी गरेको कसुरमा मुद्दा दर्ता भई अनुसन्धानको क्रममा रहेको ब्यक्ति रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्