राष्ट्रियसभाकोआजको बैठकले विभिन्न तीन वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न तीन वटा विधेयक पारित गरेको छ ।
बैठकले शपथ सम्बन्धी विधेयक,२०७९ सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक सभा समक्ष पेश गर्नुभएको थियो ।
यस्तै, आजको बैठकले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक,२०७६ र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७५माथि प्रतिनिधिसभाको संशोधन स्वीकारसहित पुनः सर्व सम्मतिले पारित गरेको छ ।
नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक,२०७६ माथिको उक्त प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७५ माथिको प्रस्ताव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सभा समक्ष पेश गर्नुभएको थियो ।
यस्तै, बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन र राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पनि पेश भएको छ ।
समितिका सभापति दीलकुमारी रावल थापा(पार्वती)ले दुवै प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो ।
यस्तै, बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक, २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७ र सङ्क्रामक रोग ऐन २०२० को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७८ पेश गर्नुभयो ।
यस्तै, बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक,२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्व सम्मतिले स्वीकृत गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले उक्त प्रस्ताव सभा समक्ष पेश गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रियसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्