खैरहनीका बिकाश थापालाई आक्रमण गरेर फरार एक जना काठमाडौंबाट पक्राउ, चितवन प्रहरी भन्छ – हामीलाई थाहा छैनन्

चितवन । पूर्वी चितवनको खैरहनीमा युवा संघका कार्यकर्ता बिकाश थापालाई सांघातिक आक्रमण गरेर फरार रहेका एक जनालाई प्रहरीले आज (बुधबार) साँझ काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खैरहनी नगरपालिकाका ३२ वर्षीया ‘र्याक्स’ भन्ने सुचेन्द्र राई रहेको प्रहरी स्रोतले जनाएको छ । उनलाई प्रहरी बृत बालाजुको सहयोगमा (बुधबार) साँझ पाँच बजे चितवन प्रहरीले पक्राउ गरेको हो । बालाजुमा पक्राउ परेका उनलाई आजै राती चितवन ल्याइदै छ । आक्रमण पश्चात्त तीन महिनादेखि फरार रहदै आएका राईलाई खोजी गर्न चितवन प्रहरीले आफ्नो सबै संयन्त्र परिचालन गरेको थियो ।
यता, चितवन प्रहरीले भने राई पक्राउ परेको बिषयमा औपचारिक रूपमा मुख खोलेको छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीले आफूलाई सुचेन्द्र राई पक्राउ परेको बारे त्यस्तो आधिकारिक केही जानकारी नआएको बताए । उनी पक्राउ परेको बिषयमा हामीलाई केही थाहा छैनन् । उनलेे भने, थाहा भएपछि अपडेट गरौंला ।
वैशाखमा भएको स्थानीय तहको निर्वाचनका क्रममा थापालाई खैरहनी नगरपालिका ८ स्थित घर नजिकै अज्ञात समूहले हतियार प्रहार गरेको थियो । सांघातिक आक्रमणमा परेका थापाको टाउको, हात, खुट्टा लगायत शरीरका विभिन्न स्थानमा चोट लागेको थियो । त्यतिबेला राजनीतिक प्रतिशोधका कारण नै उक्त घटना गराइएको हुन सक्ने अनुमान गरिएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्