Techie IT
आईतबार, वैशाख ७,२०८२

नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु


त्रिशूली। नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ ।

बेलकोटगढीको वडा नं १० र १२ हँुदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उहाँलाई बगाएको हो ।

तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताउनुभयो । उहाँ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित हुनुभएको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु, #बेलकोटगढी नगरपालिका, #मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545