प्रहरी सहायक निरीक्षक भट्टराई चितवन जिल्लाकै “उत्कृष्ट प्रहरी” घोषित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारत प्रहरी सहायक निरीक्षक (असई) हरी प्रसाद भट्टराई (आइतबार) चितवन प्रहरीकै “उत्कृष्ट प्रहरी घोषित” भएका छन् ।
आफूलाई दिइएको जिम्मेवारी इमान्दार, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको समेत पालना गरी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गरेको भन्दै चितवन प्रहरीले प्रहरी सहायक निरीक्षक भट्टराईलाइ असार महिनाको “उत्कृष्ट प्रहरी घोषित” गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन अन्तर्गतका मातहतका इकाइहरु मध्यबाट भट्टराई “उत्कृष्ट प्रहरी घोषित” भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्लाभरका प्रहरी कर्मचारीहरु मध्यबाट प्रत्यक महिना “उत्कृष्ट प्रहरी छनौट” गर्दै आइरहेको प्रहरीले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने अवधारणा अनुसार नै निजले गरेको कामको उच्च मुल्यांकन गर्दै असार महिनाको “उत्कृष्ट प्रहरी घोषित” गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
“उत्कृष्ट प्रहरी घोषित” भएसँगै उनलाई जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रशंसा पत्र समेत प्रदान गरेका थिए । प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको अधिकारीको भनाई छ
अधिकारीका अनुसार प्रहरी सहायक निरीक्षक भट्टराईले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएकोले निजले गरेको उत्कृष्ट कार्यसम्पादन को उच्च मुल्याङकन गर्दै असार महिनाको “उत्कृष्ट प्रहरी घोषणा” गरिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनको सूचना संकलनमा खटिएका उनी ब्यवसायिक एवं निडर छवि भएका जुनियर प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।
प्रहरी सहायक निरीक्षक भट्टराईलाई सम्मान गरेसंगै अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने चितवन प्रहरीको दाबी छ । उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा एक महिनासम्म राखिदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्