Techie IT
शनिबार, वैशाख ६,२०८२

थप ३४७ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु


काठमाडौं ।  नेपालमा थप ३४७ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्। कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ३०३ र एन्टीजेनबाट ४४ जनामा संक्रमण देखिएको हो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ९५ जना संक्रमित कोरोनामुक्त भएका छन्। नेपालमा हालः ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अपील गरेको छ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545