Techie IT
आईतबार, वैशाख ७,२०८२

कांग्रेसलाई बहुमत दिलाउन हामीले गठबन्धन गर्दैनै: झलनाथ खनाल


काठमाडौं  । नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झलनाथ खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताए ।

तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनको तर्क छ । कांग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।

खनालले भने, ‘कोही हाम्रो बहुमत आउने गरीकन गठबन्धन गर्ने भन्दैछन् । के भनेको त्यो रु बहुमत एउटाको आउँछ भने किन गठबन्धन गर्न जान्छ कोही रु अरुलाई बहुमत दिनका लागि किन हामी गठबन्धनमा जाने रु केको लागि जाने रु दलाल बन्न रु पुच्छर बन्न रु जानु हुँदैन ।’

उनले स्थानीय तहमा जसलाई बोक्यो, उसैले आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #झलनाथ खनाल, #नेकपा एकीकृत समाजवादी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545