Techie IT
शनिबार, वैशाख ६,२०८२

सिटी रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


भद्रपुर, झापा । झापामा शुक्रबार साँझ सिटी रिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन  जना घाइते भएका छन् ।

जिल्लाको कमल गाउँपालिकाका–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको को ३८ प १२८३ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कमल–६ निवासी २४ वर्षीय रोशन कोइरालाको मृत्यु भएको हो । कोइरालाको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार कमल–४ निवासी १९ वर्षीय रेवत सुवेदी, कमल–७ निवासी २१ वर्षीय भविन मगर र सिटी सफारीमा सवार कमल–५ निवासी ६५ वर्षीया सुकमाया माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

घाइतेमध्ये सुवेदीको न्युरो अस्पताल विराटनगर, मगरको बीएण्डसी अस्पताल र माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।

सिटी चालक कमल–६ निवासी ५२ वर्षीय दिलमान माझीसहित दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545