पोखराका प्रमुख धनराज आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिनुभएको छ । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उहाँ देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिनुभएको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सातवटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । प्रमुख आचार्यलाई सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) (ग) बमोजिमको स्थानीय तहतर्फको विषयगत समितिको सदस्य पदमा मन्त्रीस्तरीय निर्णयबाट यही साउन १ गते सदस्य तोकिएको हो ।
पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराका प्रमुख आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ ।
प्रमुख आचार्यले देशभरका स्थानीय तहमध्येबाट पोखरा महानगरको प्रमुखलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखरावासीको अपनत्व लिएकोे बताउनुभयो । उहाँले पर्यटन मन्त्रालय र मन्त्रीप्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौँ, सङ्घीय पर्यटनमन्त्रीज्यूले यसको प्रक्रिया आगाडि बढाएको र मन्त्रिपरिषद्मा लैजाने पनि जानकारी दिइसक्नुभएको छ, मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तहमध्येबाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ ।”
क्याटेगोरी : समाचार
ट्याग : #धनराज आचार्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्