Techie IT
सोमबार, वैशाख ८,२०८२

चितवन प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न


चितवन । चितवन प्रहरीले (बिहीबार) नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीप्रति नागरिकका गुनासा, प्रहरीले खेल्नुपर्ने भूमिका, स्थानीय समस्या पहिचान र समाधान, प्रहरीप्रति नागरिक विश्वास बढाउन कार्यक्रमको आयोजना गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा खैरहनी नगरपालिका वडा नंम्बर ६ को सभाहलमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले अत्याधिक तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्ने गरेको, नदीजन्य पदार्थको अवैध उत्खनन् नियन्त्रण गर्नुपर्ने, सामाजिक अपराध न्यूनीकरण, निकुञ्ज क्षेत्रबाट जंगली जनावरले गर्ने आक्रमणबाट हुने क्षेती न्युनीकरण, सचेतनामूलक विद्यालय सम्पर्क कार्यक्रम , प्रहरी ईकाईको स्थापना, विद्यालय लगायत सबै क्षेत्रमा हुने लागूऔषध नियन्त्रण तथा यौनजन्य हिंसा न्यूनीकरण गर्ने लगायत बिषय सन्दर्भमा उठाएका थिए ।

नागरिकबाट उठेका प्रश्नहरुको सम्बोधन गर्दै  (एसपी) अधिकारीले नागरीकहरु पनि बिना बर्दीको प्रहरी भएकोले अपराध नियन्त्रणको लागी प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्न सकियो भने मात्रै केही हदसम्म अपराध न्यूनीकरणमा टेवा पुग्ने बताए ।

जिल्ला प्रहरी कार्याल चितवनका कार्यालय प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सुरु गरिएको सो, कार्यक्रम खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाँको प्रमुख आतिथ्यतामा सोही नगरपालिकाका विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, टोल सुधार समितिका पदाधिकारीहरु, महिला अधिकारकर्मी , आमा समूहका सदस्यहरु, विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरु र स्थानीय भद्रभलादमी समेत गरी अन्दाजी १२० जनाको सहभागिता रहेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545