एजेण्डामा प्रवेश नगरी एन्फा बैठक पुनःस्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी पुनःस्थगित भएको छ । एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र अरू पदाधिकारीबीच असहमति भएपछि बैठक स्थगित गरिएको हो ।
यसअघि सोमबार बस्ने भनिएको उक्त बैठक एन्फा अध्यक्ष नेम्वाङ बिरामी भएको कारण स्थगित भएको थियो ।
एन्फा अध्यक्षले सबैलाई हाजिरी गरेर बैठक सञ्चालन हुने जानकारी दिएसँगै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नगरी अध्यक्ष नेम्वाङले बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो ।
बैठक स्थगित भएपछि कार्यसमितिको पहिलो बैठकले नियुक्त गरेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई विधानविपरीत नियुक्ति गरेको भन्दै तत्काल बरर्खास्त गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजङग शाही र दीपक खतिवडासहित १२ जनाले निवेदन दर्ता गर्नुभएको थियो ।
आजको बैठकले एन्फा प्रवक्ता, प्रमुख कार्यकारी अधिकृत, तीन सहमाहसचिव नियुक्ति एवं महिला साफ च्याम्पियनसिपलगायतको विषयमा निर्णय लिने बताइएको थियो ।–रासस
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #अखिल नेपाल फुटबल सङ्घ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्