Techie IT
आईतबार, वैशाख ७,२०८२

आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्यो


काठमाण्डौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो। यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो।हिजो मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो। यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज ५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ। हिजो मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो।


क्याटेगोरी : समाचार
ट्याग : #सुन-चाँदीको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545