Techie IT
मंगलबार, वैशाख ९,२०८२

चलचित्र विकास बोर्डको अध्यक्षमा १० जना उम्मेदवारको सूची सार्वजनिक


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । मन्त्रालयले मन्त्रालयले सोमबार एक सूचना प्रकाशित नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक नामावलीमा उम्मेदवारको लागि दरखास्त दिएका १० जनाकै नाम उल्लेख छ । मन्त्रालयले उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने सूचनामा जनाएको छ ।

बोर्ड​ अध्यक्षका लागि आवेदन दिनेमा सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुनिल कुमार पोखरेल र सुष्मा कार्की, इलामकी सुचित्रा श्रेष्ठ रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #चलचित्र विकास बोर्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545