Techie IT
शनिबार, वैशाख ६,२०८२

खानेपानी तथा सरसफाइ विधेयक,२०७६ राष्ट्रियसभामा पेश


काठमाडौँ । खानेपानी तथा सरसफाइ विधेयक,२०७६ राष्ट्रियसभामा पेश भएको छ

राष्ट्रियसभाको आजको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक सभासमक्ष पेश गर्नुभयो ।

विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीमा देखिएका यावत समस्याको दीर्घकालीन समाधानका लागि  विधेयकलाई चाँडै कानुनी रूप दिनुपर्ने बताउनुभयो ।

यस्तै, शपथ सम्बन्धी विधेयक,२०७८ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पनि राष्ट्रिय सभामा पेश भएको छ ।

समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले उक्त प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक साउन ४ गते बुधबार दिउँसो १ः०० बजे बस्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #उमाकान्त चौधरी, #खानेपानी तथा सरसफाइ विधेयक, #राष्ट्रियसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545