अपराध नियन्त्रणमा सुधार गर्न चितवन प्रहरी प्रमुखद्वारा मातहतका प्रहरी इकाईलाई निर्देशन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले सवारी दुर्घटना न्युनीकरण तथा अपराध नियन्त्रणमा उल्लेखनीय सुधार गर्न मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
आज (शनिबार) जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा मातहतका विभिन्न प्रहरी कार्यालयका इन्चार्जलाई जम्मा पारेर उनले गत आर्थिक वर्षमा सम्पादन भएका कार्य सम्पादनको समीक्षा र आर्थिक वर्षमा सुधार गर्न जिल्ला प्रहरी कार्यालय तथा मातहत लोकमार्गस्थित प्रहरी ईकाईहरुका कार्यालय प्रमुखलाई आवश्यक निर्देशन दिएका हुन् ।
बिहान ९ बजेदेखि दुई घण्टा लामो ब्रिफिङ गरेका (एसपी) अधिकारीले मनसुन शुरु भएसँगै राजमार्गमा हुने विविध समस्याहरुलाई व्यवस्थापन गर्न प्रभावकारी प्रहरी परिचालन गरी दुर्घटना न्युनीकरण तथा अपराध नियन्त्रणका सम्बन्धमा समेत प्रहरीको ध्यानाकर्षण गराएका थिए ।
साथै, उनलेे उपस्थित प्रहरी अधिकारीलाई निष्पक्ष, इमान्दार, व्यवसायिक, पारदर्शी र साझा बन्न निर्देशन दिदै जनताले प्रहरीबाट निष्पषता र न्याय पाए भने मात्रै प्रहरी संगठनको गरिमा बढ्ने भन्दै लोभलाभबाट मुक्त भएर काम गर्न समेत आग्रह गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, शाखा प्रमुखहरु र मातहत ईकाईका कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्