Techie IT
शनिबार, वैशाख ६,२०८२

मोरङमा रेष्टुरेन्टमा आगलागी विभिन्न धनमाल जलेर नष्ट


मोरङ । मोरङको विराटनगर महानगरपालिका–२ स्थित ईश्वर बास्कोटाको नाङ्लो रेष्टुरेन्टमा ग्यास लिक भई बिहीबार दिउँसो आगलागी हुँदा रेष्टुरेन्ट, रेष्टुरेन्टसगैँको फर्निचर सोरूम र छिमेकी विनोद अग्रवालको वाल समेत जलेर करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आगलागी, #मोरङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545