Techie IT
शनिबार, वैशाख ६,२०८२

दक्षिण कोरियामा कार्यरत नेपालीको निधन


दक्षिण कोरिया । दक्षिण कोरियामा कार्यरत एक नेपालीको काम गर्ने क्रममा मेसिनले टाउको च्यापिएर घटनास्थलमै निधन भएको छ ।

बिहीबार काम गरिरहकै अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको हो । ज्यान जानेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए ।

ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए ।

फलाम काट्ने काम हुने कम्पनीमा पटक पटक दुर्घटना दोहोरिने गरे पनि बोनस मनग्य पाइने लोभमा नेपाली कामदारले काम गरिरहेका राईले बताए । सोही कम्पनीमा दुर्घटनामा परि गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।

मृतक पाण्डेको शव याङसान अस्पतालमा राखिएको छ । घटनाका विषयमा नेपाली दूतावासलाई जानकारी गराईसकिएको र दूतावासले परिवारलाई खबर गर्ने तथा अन्य कानुनी प्रकृया जारी रहेको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##दक्षिण कोरिया, #निधन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545