प्रचण्ड आज भारत जाँदै , को-कोसँग भेट्दैछन् ?

काठमाडौँ, ३१ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् ।
उनी दिउँसो १ बजे नयाँ दिल्ली उड्ने छन् । प्रचण्डको यो भ्रमण आकस्मिक हो ।
भारतीय दूतावास स्रोतका अनुसार प्रचण्डले ३ दिने भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने योजना रहेपनि निश्चित भइनसकेको बताइएको छ ।
भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि भेटवार्ता हुने तालिका रहेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका नेताको नेपाल भ्रमणलगत्तै प्रचण्ड भारत जानुले फरक ढंगले हेरिएको छ । यसै क्रममा सरकारको नेतृत्व गरिरहेको कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा भारतकै भ्रमणमा छिन् । विशेष गरी चीनलाई काउन्टर दिने भारतको योजनाअनुरुपको भ्रमण हुनसक्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
प्रचण्ड आइतबार स्वदेश फर्कनेछन् ।br
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्