Techie IT
शुक्रबार, वैशाख ५,२०८२

“शान्तिमाला” पदकबाट चितवनका प्रहरी प्रमुख नवराज अधिकारी सम्मानित


चितवन । बागमती प्रदेश सरकारले चितवनका प्रहरी प्रमुख नवराज अधिकारीलाई ‘शान्तिमाला’ पदकले सम्मान प्रदान गरेको छ ।

हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो (बिहीबार) आयोजित पद वितरण समारोहमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले पदक वितरण गरेका हुन् ।

शान्ति तथा अमन चयन कायम गर्न उल्लेखनिय योगदान पुर्‍याएवापत जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सम्मानस्वरुप ‘शान्तिमाला’ पदक वितरण गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयको कार्य सम्पादनको मुल्यांकन आधारमा उनलाई पदकसहित सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । चितवनका एसपी अधिकारीलाई प्रदेश प्रमुख शर्माले पदक लगाइ दिनुका साथै प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयको सिफारिसमा गणतन्त्र दिवसका दिन पदक तथा सम्मान प्राप्त गर्नेको नामावली घोषणा गरेको थियो ।

पदक तथा सम्मान वितरणपछि मुख्यमन्त्री पाण्डेले पदकले थप जिम्मेवारी बोध गराउने बताउँदै प्रदेश सरकारले जनताका लागि अहोरात्र खट्न जिम्मेवारी बोध गराउँदै पदक र सम्मान वितरण गरिएको बताए ।

गणतन्त्र दिवसका अवसरमा प्रदान गरिएको पदक भएपनि उक्त समयमा समय अभाव भएका कारण अहिले कार्यक्रम राखिएको उनलेे स्पष्ट पारेका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545