पाँच वर्षमा तरकारी आयात विस्थापित हुन्छ : मेयर धनराज आचार्य

कास्की । पोखरा महानगरले १५ वटा कृषि समूहलाई सम्मान गरेको छ । महानगरको कृषि महाशाखाले पोखरा २१ मा आयोजना गरेको सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग, पावर स्प्रे, किसान परिचय पत्र वितरण तथा सक्रिय कृषक संस्था सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो ।
महानगरका मेयर धनराज आचार्यले प्रमाणपत्र र प्रोत्साहन स्वरूप नगद प्रदान गरी कृषक समूहलाई सम्मान गर्नु भएको हो । मेयर आचार्यले कृषक र कृषि पेशा सम्मानित नहुँदासम्म मुलुक समृद्ध बन्न नसक्ने बताउनु भयो । उहाँले उत्पादनमा प्रोत्साहन गर्नुपर्ने र उत्पादित कृषि उपजले उचित बजार पाउनुपर्ने भन्दै महानगरले २३ वटा कृषि उपजको समर्थन मूल्य तोकेको जानकारी दिँदै समर्थन तोकिएका कृषि उपजको बजार ग्यारेन्टीसमेत महानगरको तर्फबाट भएको उल्लेख गर्नुभयो ।
पोखरा महानगरपालिका भूगोलका हिसाबले देशभरमै सबैभन्दा ठूलो रहेको चर्चा गर्दै उहाँले यहाँ उत्पादित कृषि उपजले यहाँको आवश्यकता थेग्ने गरी योजना बनाएर काम गरिने प्रतिबद्धता समेत किसान सामु जनाउनु भएको छ ।
पोखराको कृषि उपज बजारमा देशमा उत्पादितमात्र नभई करोडौँ मूल्यको तरकारी आउने गरेको टिप्पणी गर्दै ५ वर्षमा पोखरामै र नभए यस वरपरको तरकारीले त्यसलाई विस्थापित गर्नेगरी कृषि क्षेत्रमा सुधार ल्याउन जरुरी रहेको औँल्याउनु भयो ।
कृषक उमनाथ सुवेदीले कर्मचारीले तलब र पेन्सन पाएजस्तै आफूहरूको सम्पूर्ण आम्दानी भनेकै आफूहरूले लगाएका फलफूलका बिरुवा रहेको बताउनु भयो । तर, पछिल्ला दिनमा सुन्तलामा विभिन्न खालका समस्या देखिएकाले खिन्न हुनुपरेको गुनासो व्यक्त गर्नु भयो ।
कृषि महाशाखा प्रमुख मनहर कडरियाले वडा नम्बर २१, २२ र ३३ राम्रो सुन्तला हुने क्षेत्र रहेको जानकारी दिँदै महानगरले सुन्तलाका उत्पादन दिइरहेका २० हजार बोटको प्रति बोट किसानलाई १ सय रुपैयाँका दरले प्रोत्साहन स्वरूप प्रदान गरिएको जानकारी दिनु भयो ।
सो अवसरमा २ सय ५० रोपनीमा सामूहिक गहुँ खेती गर्ने पोखरा १८ को भावना सामुदायिक कृषि सहकारी संस्था, १० रोपनी क्षेत्रफलमा आलुको बीउ उत्पादन गर्ने पोखरा २३ को ठूलाखेत कृषक समूह, सुन्तला खेती बंगैचा व्यवस्थापनमा अभियानमा उत्कृष्ट पोखरा २१ के फेदीपाटन फलफूल उत्पादन कृषि समूह, सदस्य तरकारी उत्पादन गरी दैनिक बिक्री गर्ने, किसान बजारमा नियमित ल्याउने पोखरा ३३ को महाकाली कृषक समूह, आलु तथा धानको बीउ उत्पादन र चैते धान सुरुवात गर्ने पोखरा २६ को ढले पीपल कृषक समूह सम्मानित भए ।सफल महिला कृषक समूहलाई उक्त अवसरमा नगद र प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो
क्याटेगोरी : समाचार
ट्याग : #धनराज आचार्य, #पोखरा महानगर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्