हुबहु प्रश्नपत्रमा संलग्न शिक्षकहरुलाई ३ वर्षसम्म बन्देज, परीक्षा पुनः साउन १ गते सञ्चालन गर्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत बीबीए छैठौं सेमेस्टरको ‘अर्गनाइजेसनल विहेवियर’ विषयको परीक्षा साउन १ गते पुनः हुने भएको छ ।
गत असार २२ भएको परीक्षामा प्रिबोर्डको प्रश्नपत्र हुबहु सारिएपछि रद्द गरिएको थियो ।
यसै शैक्षिक सत्रमा मोडर्न नेपाल कलेज सोह्रखुट्टेको प्रि–बोर्डमा सोधिएको प्रश्नपत्रहरु हुबहु नक्कल भएपछि विद्यार्थीहरुले चर्को विरोध गरेका थिए ।
त्रिविले भने ति प्रश्नपत्रहरु परीक्षा सकिएपछि मात्रै डीन कार्यालयमा प्राप्त भएको जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित परीक्षाका विभिन्न विषयहरुको प्रश्नपत्रहरुको सम्बन्धमा विवाद उत्पन्न भएपछि त्रिवि कार्यकारी परिषदले छानविन समिति गठन गरेको थियो ।
समितिले दिएको प्रतिवेदनअनुसार यसअघि लिइएको परीक्षा रद्द गरी साउन १ गते सञ्चालन गर्न त्रिवि कार्यकारी परिषदको २७ गतेको बैठकले निर्णय गरेको हो ।
साथै प्रश्न निर्माण गर्ने शिक्षकलाई ३ वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने भनी गरिएको निर्णयलाई परिषदले अनुमोदन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #त्रिभुवन विश्वविद्यालय, #प्रिबोर्डको प्रश्नपत्र हुबहु, #हुबहु प्रश्नपत्रमा संलग्न शिक्षकहरुलाई ३ वर्षसम्म बन्देज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्