Techie IT
शनिबार, वैशाख ६,२०८२

आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत्


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत् रहेको छ ।

आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो । एकदिवसीय वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङ्गल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

त्यसैगरी पाकिस्तान चौथो स्थानमा छ भने अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । दक्षिण अफ्रिका छैठौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्ट इन्डिज नवौँ र अफगानिस्थान दसौँ स्थानमा छन् । रासस


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545