Techie IT
शनिबार, वैशाख ६,२०८२

यस्तो छ उपसभामुखको निर्वाचन कार्य तालिका


 काठमाण्डौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।

नेपालको संविधानको धारा ९१ एव् प्रतिनिधि सभा नियमावली,२०७५ को नियमावली ८ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन असार ३१ गते शुक्रबार दिउँसो ३ बजे हुने प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #उपसभामुख, #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545