चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ द्धारा बूढानीलकण्ठ नगरपालिका अवलोकन भ्रमण

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाओले नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।
नेपालको ३ दिने भ्रमणमा रहनुभएका प्रमुख लिउ सहितको टोलीले बुढानिलकण्ठ नगर कमिटी र वडा नं ८ का वारेमा जानकारी लिनुका साथै स्थानीय कमिटी परिचालन र संचालनका वारेमा छलफल समेत गरेको थियो ।
सो अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा.राजन भट्टराई , प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी ,जिल्ला कमिटी सदस्य तथा नगर उपप्रमुख अनिता लामा ,नगर कमिटीका अध्यक्ष प्रदिप डंगोल ,उपाध्यक्ष शम्भु भट्टराई ,सचिव श्रीकृष्ण श्रेष्ठ ,उपसचिव धोर्जे लामा र सुनिता गुरुङ सहित वडा नं १३ र ५ का सांस्कृतिक समुहले चिनिया टोलीलाई नगर तथा वडा कार्यालयमा स्वागत गरेका थिए।
नेपालका कम्युनिष्ट पार्टीका स्थानीय कमिटीहरुको अवस्था ,संचालन प्रक्रिया र सहभागिताका वारेमा जानकारी लिने चिनिया टोलीको तालिका अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कार्यालयमा अवलोकन भ्रमण गरिएको नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले बताउनुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #बुढानिलकण्ठ, #लिउ चियानछाओ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्