Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनमा लागूऔषधसहित एक जना पक्राउ


चितवन । प्रतिबन्धित लागूऔषध सहित एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (सोमबार) साँझ पाँच बजेको समयमा अस्थायी प्रहरी बिट गणेशस्थानबाट खटिएको प्रहरीको गस्ती टोलिले भरतपुर महानगरपालीका वडा नं. ११ गणेशस्थान स्थित सडकमा शंकास्पद रुपमा उभिईरहेको अवस्थामा भारत मोतिहारी घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर २ बस्ने २० बर्षीया तफिक उमरलाइ पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरीले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध नुफ्रिन ५९ एमपुल, डाइजेपाम ४९ एम्पुल र फेनारगन ८५ एम्पुल गरी १९३ एम्पुल फेला परेको छ ।

उनी विरुद्ध प्रतिबन्धित लागूऔषध ओसारपसार शीर्षकमा थप अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545