Techie IT
आईतबार, वैशाख ७,२०८२

हिमालयन हाइड्रोपावर लिमिटेडद्धारा आईपीओ बाँडफाँड


काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । मंगलबार कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले ९३ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो ।

यसका लागि १५ लाख ९५ जना ५५४ जना आवेदकले १ करोड ७७ लाख ५४ लाख ३०० कित्ता सेयरका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १५ हजार ९३ हजार ७९६ जनाको सूचीकृत भएका थिए ।

१० कित्ताका दरले आवेदन दिने १ लाख ८३ हजार ४७ जना आवेदकलाई गोलाप्रथामार्फत १० कित्ता सेयर र अन्य दुई जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेको गोल्बल आईएमई क्यापिटलले जनाएको छ । आवेदन दिएकामध्ये १४ लाख ५७ हजार ५०५ जनालाई भने आईपीओ परेन ।


क्याटेगोरी : समाचार
ट्याग : #आईपीओ, #हिमालयन हाइड्रोपावर लिमिटेड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545